समाज कल्याण परिषद आबद्दता नं ४४६१८

सिम्ताली एकता समाज बाँकेको दोश्रो साधारण सभा प्रगति प्रतिवेदन २०७४ जेठ १५ यस गरिमामय साधारण सभामा उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय साधारण सदस्य मित्रहरु उपस्थित भद्र महिला एवं सज्जनबृन्दहरुमा हार्दिक स्वागत गर्न चाहान्छु आजको यस दोश्रो साधारण सभाको गरिमामय समुद्घाटन समारोहमा उपस्थित हुनुहुने प्रमुख अतिथि ज्यू विशिष्ट अतिथि ज्यूहरु लगायत सम्पूर्ण अतिथिगण तथा उपस्थित सम्पूर्ण महानुभावहरु प्रति सिम्ताली एकता समाज र मेरो व्यक्तिगत तर्फबाट समेत हार्दिक स्वागत तथा नमस्कार व्यक्त गर्न चाहान्छु । सुर्खेतको सिम्ताबाट बाँकेको विभिन्न गाउँ, शहरमा बस्दै आएका तथा जो सुकै नेपाली दाजुभाई इच्छुक सदस्यहरुको संस्था वि.सं. २०७१ साल चैत्र १५ गते तदर्थ समिति गठन गरी २०७२ साल भाद्र २५ गते आफ्नो विधान तयार गरी जिल्ला प्रशासन कार्यालय बाँकेमा विधिवत रुपमा दर्ता गरी स्थापना भएको यस संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै यो अबस्थासम्म ल्याई पुरयाउन सहयोग गर्नुहुने सम्पूर्ण कार्यसमिति, सल्लाहकार समिति, आजिवन सदस्य र साधारण सदस्य तथा सम्पूर्ण शुभ चिन्तक ज्यूहरुलाई यस संस्था प्रति जिम्मेवार बनी आफ्नो राय सल्लाह सुझाब रचनात्मक सहयोग र मार्ग निर्देशन गर्नुहुने सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहान्छु । सिम्ताली एकता समाज बाँके अहिले एउटा निजि क्षेत्रको अभिभावकको रुपमा विकसित भई शसक्त संस्थाको रुपमा स्थापित हुदै गइरहेको छ । सिम्ताली एकता समाजले समाजका हितका निमित्त जे फाइदा हुन्छ ति सामाजिक कार्य लगायत विभिन्न कार्यमा समेत जोड दिनेछ । साथै हामीले हाम्रा सिम्ताली एकता समाजका सबै सदस्य ज्यूहरुको इच्छा, आकांक्षा पुरा गर्न सकेका त छैनौ तर हामीले सबै सदस्य ज्यूहरुलाई एक चोटी सबैको इच्छा पुरा गर्ने सोचका साथ सिप क्षमता बृद्धि र बिकास गर्ने लक्ष्य लिएका छौं । सिम्ताली एकता समाजको परिचय ः सिम्ताली एकता समाज वि.सं. २०७१ चैत्र १५ गते तदर्थ समिति बनाई विभिन्न समयमा कार्यसमिति आवश्यकता अनुसार थपघट गरी करिब ६ महिना पछि २०७२ साल भदौ २५ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको संस्था हो । अहिले यो संस्था ले समाज कल्याण मन्त्रालयबाट सदस्यता लिइसकेको छ । सिम्ताली एकता समाज संस्था आफैमा निर्भर रहेको छ । यस संस्थाले आफ्ना साधारण सदस्यहरुका समस्या समाधान र विभिन्न संघसंस्थाहरुसंग सहकार्य गरी सबैलाई विभिन्न किसिमका सिपमुलक र आयमुलक व्यावसाय तालिम सम्बन्धित निकायबाट अनुमति लिई प्रदान गर्ने लक्ष्य लिएको छ । हाम्रो संस्थाले चेलीबेटी बेच बिखन, दाइजोप्रथा, महिला हिंसा, यौन रोग, लागु औषत दुव्र्यसनलाई निस्तेज पार्न जनचेतना मुलक कार्यक्रमहरु गर्ने लक्ष्य लिएको जानकारी गराउन चाहान्छु । कार्य समिति हाम्रो यस सिम्ताली एकता समाजको कार्य समिति २०७१ साल चैत्र १५ गते ११ जनाको तदर्थ समिति बनाई विभिन्न समयमा कार्य समितिको आवश्यकता अनुसार थपघट गरी हाल १३ जनाको कार्य समिति र ५ जनाको सल्लाहकार समिति रहेको जानकारी गराउन चाहान्छु । ड्ड १) श्री निमकान्त उपाध्याय अध्यक्ष ड्ड २) श्री यज्ञ बहादुर शाही उपाध्यक्ष ड्ड ३) श्री ढाल बहादुर मल्ल सचिब ड्ड ४) श्री लिलाधर ढकाल सह सचिब ड्ड ५) श्री शोभासिंह ठकुरी कोषाध्यक्ष ड्ड ६) श्री निरक पोखरेल का.स. सदस्य ड्ड ७) श्री पुष्पा शाही का.स. सदस्य ड्ड ८) श्री हरी बहादुर बुढा का.स. सदस्य ड्ड ९) श्री पदम बहादुर भण्डारी का.स. सदस्य ड्ड १०) श्री धने थापा का.स. सदस्य ड्ड ११) श्री कृर्पाल सिंह ठकुरी का.स. सदस्य ड्ड १२) श्री लक्ष्मी गिरी का.स. सदस्य ड्ड १३) श्री रण बहादुर मल्ल का.स. सदस्य सल्लाहकार समिति ड्ड १) श्री घन बहादुर चन्द बरिष्ठ सल्लाहकार ड्ड २) श्री शसेन्द्र शाही सल्लाहकार सदस्य ड्ड ३) श्री भक्त बहादुर चन्द सल्लाहकार सदस्य ड्ड ४) श्री गिता चन्द सल्लाहकार सदस्य ड्ड ५) श्री विर बहादुर भण्डारी सल्लाहकार सदस्य प्रशासनिक प्रगति विवरण कार्य १) यस सिम्ताली एकता समाजको १ बर्षको पिरियडमा हालसम्म नियमित बैठक र अनौपचारिक २० वटा कार्य समितिका बैठक बसि विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । २) सिम्ताली एकता समाज बाँकेले कोहलपुर १३ सिमरी स्थित ललित चन्दका छोरा एक्सीडेन्ट परी घाईते भई उपचारर्थ सहयोगको लागि संस्थाको तर्फबाट रु ५०००।– (पाँच हजार) र उप–समुह सिमरीको तर्फ रु.६०००। – जम्मा गरी नगद रु. ११०००। (एघार हजार) सहयोग गरिएको छ । ३) एक बर्षको पिरियडमा विभिन्न उतार चढाबका बाबाजुद पनि विभिन्न गाउँ र टोल गरी १० वटा ठाउँमा उपसमुह निर्माण गरी निरन्तर मासिक बचत प्रक्रिया अगाडी बढिरहेको छ । ४) सिमरी सिम्ताली एकता समाज उपसमुह सिमरीले तिहारमा देउसी भैलो खेली करिब ३० हजार आम्दानी गरी त्यसबाट समुहको नाममा बचत रकम १५०००। लगानी मा रहेको छ । ५) संस्था स्थापना भएको करिब २ बर्ष विति सक्दा कार्यालयको तर्फबाट जिल्ला प्रशासन कार्यालय बाँकेमा विधिवत रुपमा संस्था २०७५ असार मसान्तसम्मा नविकरण गरिएको छ । ६) सिम्ताली एकता समाज बांकेको तर्फबाट बाँसगाढी महोत्सबमा सिम्ताली झाँकी आयोजना गरी आफ्नो संस्थाको बर्दियामा पनि पहिचान बनाउन सफल भएको र उक्त झाँकी प्रदर्शन गरेबापत गाडीभाडा र नास्ताको लागि रु.६००००। हजार सहयोग गरेको थियो र जस अन्तरगत संस्थामा १६००० हजार बचाउन सफल भएका थियौं । ७) कोहलपुर औद्योगिक व्यापार मेलामा संस्थाको आयोजनमा सिम्ताली एकता समाज बाँकेको झाँकी मयुरनाँच १, बाजा १ गरी २ वटा झाँकी मेलामा प्रस्तुत गरी हाम्रो झाकी दोश्रो भई पुरस्कार रु.७०००। (सात हजार) समेत पाउन सफल भएको थियो । ७) सिम्ताली एकता समाज बाँकेले प्रतिनिधि सभा सदस्य बाँके जिल्ला क्षेत्र नं. ३ का सदस्य श्री नन्दलाल रोकाया र प्रदेशसभा सदस्य श्री आइपि खरेललाई हार्दिक बधाई तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको थियो । समस्या तथा चुनौतीहरु १) संस्थामा कार्य समिति नियमित रुपमा बैठक र कार्यक्रमहरुमा उपस्थित नहुने समस्या छ । २) संस्थाको कार्य समिति बिच काम काजहरुमा कतिपय समयमा गोपनियताको समस्या देखिएको छ । ३) कार्य समितिका सबै सदस्यहरु बैठकमा उपस्थित नभईदिने भएपनि समयमा उपस्थित नहुने समस्या देखिएको थियो । ४) संस्थामा विभिन्न समयमा कुनै पनि प्रोग्राम चलाउनको निम्ति संस्थामा आर्थिक अभावको समस्या देखिरहको छ । ५) कार्यक्रमहरु कार्यसमिति बिच विभागिय बाँडफाडको समस्या देखिनु र खटाएको ठाउँमा सबैले आफ्नो जिम्मेवारी पुर्णरुपमा सम्पन्न गर्न नसक्नु रहेको छ । ६) सिम्ताली एकता समाज बाँकेका समुहहरुमा एकचोटी उप समुह बनाइसकेपछि फेरी बारम्बार त्यस समुहमा फर्केर जान नकसक्नु कार्य समितिको कमजोरी रहेको छ । एक बर्षको भाबि कार्यक्रमं १) सिम्ताली एकता समाजको साधारण सदस्य संख्या ५०० पुरयाइने छ । २) सिम्ताली एकता समाजका आजिबन सदस्य संख्या २५ जना पुर्याइने छ । ३) कम्तीमा २ जनालाई मानार्थ सदस्य प्रदान गरिने लक्ष्य लिइएको छ । ४) सिम्ताली एकता समाजको एक बर्षको पुजिकोष लक्ष्य ५०००००। (पाँच लाख) पुर्याउने लक्ष्य राखिएको छ । ५) सिम्ताली एकता समाजले विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरु समन्वय गरी विभिन्न कार्यक्रमहरु संचालन गर्ने छ । ६) बाँके जिल्ला भरी करिब २५ वटा समुह निर्माण गर्ने लक्ष्य लिएको छ । ७) प्रत्येक गाउँ र टोलहरुमा गएर साधारण सदस्यता वितरण गर्ने लक्ष्य लिएको छ । ८) संस्थाका सदस्यहरुलाई विभिन्न निकायसँग समन्वय गरी सिपमुलक र आयमुलक तालिमहरु संचालन गरिने छ । ९) संस्थाले चेलीबेटी बेचबिखन, दाइजो प्रथा, महिला हिंसा जनचेतनामुलक कार्यक्रमहरु प्रदान गर्नेछ । १०) संस्थाले सिम्ताली एकता समाजको अर्धबार्षिक पत्रिका बुलेटिन निकाल्ने प्रयास गर्ने छ । ११) संस्थाको आर्थिक कोषलाई सुदृढ गर्न र प्रभावकारी बनाउन स्थायी श्रोतको खोजी गर्ने छ। आदरणीय साधारण सदस्य ज्यूहरु मैले माथि उल्लेख गरेका कार्यहरु यस संस्थाको कार्य समितिको मात्र एक्लो प्रयासले सम्भब भएको होइन, उपयुक्त सम्पूर्ण उपलब्धीहरु प्राप्त गर्न कार्य समितिको मात्र सम्भब थिएन यसका पछाडी तपाईहरु सबै साधारण सदस्य ज्यूहरुको जिम्मेवारी पूर्ण भुमिका रहेको छ यस कार्य समितिको यात्रामा तपाईहरुको सहयोग, शुभेच्छा सदभाब सदिक्षा लगनशिलता, प्रतिबद्धता इत्यादि नभई दिएको भए हामी मात्र यी सम्पूर्ण काम गर्न सक्ने थिएनौ यति हुदा हुदै पनि विभिन्न कारणहरुले गर्दा हामी सबैले अपेक्षा गरे अनुरुपका कामहरु पुरा हुन सकिरहेका छैनन् । त्यसैले वर्तमान तदर्थ समितिले आफ्नो कार्यभार सम्हाले पछि आजका मितिसम्म जे जस्ता साना ठुला उपलब्धी प्राप्त गरेका छौ त्यो सबै श्रेय तपाई साधारण सदस्य ज्यूहरुलाई दिदै र यस कार्यकालमा पूर्ण हुन नसकेका कार्यहरु र यस अवधिमा हुन गएका गल्ती एवं कमी कमजोरीहरुको जिम्मेवारी यस कार्य समितिले लिदै विदा हुन चाहान्छु । धन्यवाद । ढाल बहादुर मल्ल सचिब कोहलपुर १३ बाँके

Notice
सूचना।

सूचना। | Admin

विज्ञप्ति

२०७९/०८/०१ | Admin

प्रेस विज्ञप्ति

२०७९/०४/०१ | Admin

प्रेस विज्ञप्ति

२०७९/०३/२७ | Admin

Press Note

२०७९/०५/०३ | Admin