सुर्खेतको सिम्ताबाट बाँकेको विभिन्न गाउँ, शहरमा बस्दै आउनुभएका सम्पूर्ण दाजुभाई दिदी बहिनीहरु मिलि वि.सं. २०७१ साल चैत्र १५ गते तदर्थ समिति गठन गरी २०७२ साल भाद्र २५ गते आफ्नो विधान तयार गरी जिल्ला प्रशासन कार्यालय बाँकेमा विधिवत रुपमा दर्ता गरी स्थापना भएको यस संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको छ । सुर्खेतको सिम्ताबाट बसाई सराई गरी बाँकेमा आएका सिम्तालीहरुको संस्था सिम्ताली एकता समाज बाँकेले सिम्ताको रितिरिवाज, कला संस्कृति, बोलीभाषा, रहनसहन, पन्चेबाजा, मयुर(गर्रा ) नाँच, लहरे नाँच, सिंगारु नाँच सांस्कृतिहरु लोप हुने अबस्था रहेका छन् यसको संरक्षणमा पुस्ता हस्तान्तरण गर्नुपर्ने दायित्व हामी सबैको काँधमा आएको छ आप्नो पहिचान र अस्तित्व बचाउनको लागि आफ्नो जन्मभुमिको पर्यटक स्थलहरुको प्रचार प्रसार गर्न तथा बाँके, बर्दिया र सुर्खेतमा रहेका सबै सिम्ताली दाजुभाईहरुलाई एकताबद्ध गर्न स्थापना गरिएको संस्था हो । सुखमा पनि सिम्ताली एकता समाज, दुखमा पनि सिम्ताली समाज भन्ने ध्ययका साथ कुनै पनि समयमा सहयोगको भावनाको विकास गर्न र कुनै सिम्ताली मर्दा होस वा आपत पर्दा होस त्यसबेला सिम्ताली समाजले सहयोग गर्न सक्नेछ भने अर्को तर्फ आफ्नो जन्मभुमिमा भएका पर्यटकीय स्थलहरु कोटको थुम्को (बल्ले जुरो) तामाचुली, भोटेचुली। विभिन्न ठाउँका गुफाहरु लगायत विभिन्न ठाउँहरुलाई सबै समक्ष चिनाउनको लागि निरन्तर लागि रहने कुरा यहाँ जानकारी गराउन चाहान्छौं ।
सिम्ताली एकता समाजले प्रत्येक वर्ष वार्षिक कार्य योजना बनाई निरन्तर रुपमा अगाढी बढिरहेको छ । संस्थाको नियमित अडिट र नविकरण भइरहेको छ भने प्रत्येक वर्ष वार्षिक साधारण सभा, तिज विशेष कार्यक्रम, दशैतिहार विशेष कार्यक्रम, अनिवार्य १२ वटा बैठक, प्रत्येक वर्ष नयाँ क्यालेण्डर निकालीरहेको छ । हाल पहिलो साधारण सभा हुदै चौथो साधारण सभा सम्पन्न भईसकेको छ ।