समाज कल्याण परिषद आबद्दता नं ४४६१८

सिम्ताली समाज बांकेको पांचौं साधारण सभा सम्पन्न

सिम्ताली एकता समाज बाँकेको पांचौं साधारण सभा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्धघाटन गर्न लुम्बिनी प्रदेश सभाका सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री रत्न खत्री आउनु हुने जानकारी भएको थियो तर विविध कारणले उहाँ आउन नसक्दा संस्थाका संस्थापक उपाध्यक्ष श्री यज्ञ बहादुर शाहीको प्रमुख आतिथ्यमा र बिशिष्ट अतिथि समाजसेवी हस्त बहादुर चन्द हुनुहुन्थ्यो। प्रमुख अतिथि शाहीले संस्थालाई विकास गर्न सबै मिलेर अगाडि बढाउन लाग्नु पर्नेमा जोड दिनुभयो। साधारण सभामा कार्य समिति, आजिवन सदस्य, सल्लाहकार समिति सदस्य र साधारण सदस्य ज्यूहरु सवैको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री ढाल बहादुर मल्लले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव निरक पोखरेल गर्नु भएको थियो।

लोकप्रिय समाचार

तीन जना मन्त्री सिफारिस काठमाडौँ, भदौ ३० गते । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस गर्नुभएको छ । जेनजी अभियान र सरोकारवालासँगको परामर्शपछि उहाँले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा जलस्रोत एवं सिँचाइ तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गरिएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ । प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद् विस्तारका सन्दर्भमा जेनजी अभियन्तासहित सरोकारवालासँग संवाद जारी राख्नुभएको छ । उहाँले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेपछि मन्त्रीपरिषद् गठनका सन्दर्भमा संवाद अघि बढाउनुभएको थियो ।

कोहलपुर । पुस्तकालय अतितको धरोहर मात्र होइन, पुस्तकालय भविष्यको निर्माण गर्ने शक्तिका रुपमा विकास गर्ने लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय लिमिल्सेनाले बताएका छन् । शनिबार ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ भन्ने मुल नाराका साथ ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको २१ औ साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै मन्त्री तिमिल्सेनाले यस्तो बताएका हुन् । नेपालकै ‘उत्कृष्ट पुरस्कार’ प्रदान गरेको यस पुस्तकालय र कोहलपुरबासीलाई धन्यवाद दिँदै पुस्तकालयको भवन निर्माणका लागि बजेट विनियोजन गर्ने मन्त्री तिमिल्सेनाले प्रतिबद्धता व्यक्त गरे । तिमिल्सेनाका अनुसार गाउँ गाउँमा सामाजिक सेवा गर्दै आउनुभएको छ, आगामी दिनमा पनि गाउँ गाउँमा पठ्न संस्कृतिको विकास गर्ने खाल्को योजना अगाडी बढाउँदै लैजान आग्रह गरे । ‘प्रविधिको प्रयोगबाट २०औैँं विगाह जग्गा केही घण्टामा रोप्न सक्छौं,’ उनले भने ‘पुस्तकालयलाई पनि ई—लाइब्रेईको प्रयोगबाट घरघरमा नै पुस्तकालय पु¥याऔं ।’ आजको युग भनेको प्रविधिको युग हो, जसले केही मिनेटमै विश्वभरी सूचना फैलाउन सक्छ त्यसैले पुस्तकालयमा भएका किताबहरुलाई पनि ई—लाइब्रेईको माध्यमबाट पठनसंस्कृतिलाई विकास गराउँदै लैजान मन्त्री तिमिल्सेनाले आग्रह गरे । यस्तै कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सभा सदस्य महानन्द ढकालले विकसित राष्ट्रहरुमा राम्रा राम्रा पुस्तकालयहरु रहेको बताए । अहिले सबैभन्दा महत्वपूर्ण पुस्तकालय अमेरिकामा छ, किनकी विकसित राष्ट्र भएकै कारणले त्यहाँ राम्रो पुस्तकालय बनेको ढकालले जिकिर गरे । यस्तै ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईले नेपाकै उत्कृष्ट पुस्तकालय बनाउन जुट्नुभएका सबैजनालाई हृदयदेखि धन्यवाद प्रकट गरे । पुस्तकालयलाई ई—लाइब्रेईको रुपमा विकास गर्ने र भवन निर्माणका लागि सामाजिक विकास मन्त्री जन्मजयन्ति तिमिल्सेना ज्यूले बजेटको व्यवस्था मिलाइदिनुहुने छ भन्ने पूर्ण विश्वास लिएको भट्टराईले बताए । निबन्ध लेखन र हस्तलेखन उत्कृष्टलाई सम्मान ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको २१ औ साधारण सभा तथा ८ औं अधिवेशनको अवसरमा भएको निबन्ध लेखन र हस्तलेखन प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई सम्मान गरिएको थियो । ‘हाम्रो पुस्तकालय ः हाम्रो भविष्य’ भन्ने शिर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा कोहलपुरका १४ वटा माध्यमिक विद्यालयहरु सहभागिता जनाएका थिए जसमध्ये प्रथम भएकी जनज्योति पब्लिक हाई स्कुलकी छात्रा अनुष्का घिमिरेलाई सम्मान गरिएको थियो ।यस्तै द्धितीय हुनेमा पञ्चमुखी ईमी स्कुलकी रितिका मल्ल र तृतीय भएका बागेश्वरी एकेडेमी स्कुलका छात्र युवराज खत्रीलाई सम्मान गरिएको थियो ।यस्तै आधारभूत विद्यालय स्तरीय हस्तलेखन प्रतियोगितामा कोहलपुरका १७ वटा माध्यमिक विद्यालयहरु सहभागिता जनाएका थिए जसमध्ये प्रथम भएकी पञ्चमुखी ईमि स्कुलकी छात्रा सृष्टी रेग्मीलाई सम्मान गरिएको थियो । यस्तै द्धितीय हुनेमा जीवनज्योति स्कुल आरध्या गैरे र तृतीय नेपाल एपीएफ स्कुलका छात्रा दिपिका चन्दलाई सम्मान गरिएको थियो ।यस्तै ज्ञानोदय सामदायिक पुस्तकालयका उपाध्यक्ष मणि प्रसाद गैरेले स्वागत मन्तव्य राखेका थिए भने पुस्तकालयका सचिव एकराज शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरी, ज्ञानोदय सामुदायिक पुस्तकालयका संस्थापक सदस्य नारायण प्रसाद गौडेल, केशव सिग्देल, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराई, राजनितिक दलका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष जयश्वर पौडेल, लिल बहादुर राना, हरिभक्त अधिकारी, संस्थापक सदस्य, आजिवन सदस्य, साधारण सदस्य लगायत कोहलपुरबासीहरुको समेत उपस्थित रहेको थियो ।

सिम्ताली एकता समाज बाँकेको पांचौं साधारण सभा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्धघाटन गर्न लुम्बिनी प्रदेश सभाका सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री रत्न खत्री आउनु हुने जानकारी भएको थियो तर विविध कारणले उहाँ आउन नसक्दा संस्थाका संस्थापक उपाध्यक्ष श्री यज्ञ बहादुर शाहीको प्रमुख आतिथ्यमा र बिशिष्ट अतिथि समाजसेवी हस्त बहादुर चन्द हुनुहुन्थ्यो। प्रमुख अतिथि शाहीले संस्थालाई विकास गर्न सबै मिलेर अगाडि बढाउन लाग्नु पर्नेमा जोड दिनुभयो। साधारण सभामा कार्य समिति, आजिवन सदस्य, सल्लाहकार समिति सदस्य र साधारण सदस्य ज्यूहरु सवैको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री ढाल बहादुर मल्लले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव निरक पोखरेल गर्नु भएको थियो।

सिम्ताली एकता समाजको करिब ८ बर्ष लामो प्रयास पछि कला, संस्कृति संरक्षण तथा सम्बर्धन गर्ने कार्यक्रम अन्तरगत यसलाई व्यवस्थित तरिकाले संरक्षण र विकासको आवश्यकता महसुस गरेर यसको दिर्घकालीन कार्ययोजना बनाई अगाडी बढ्दा यो सम्भब छ र आबश्यकता पनि छ । सिम्ताली एकता समाजको नारा “सार्थक एकता, समृद्ध समाज, परिवर्तनको बाहक, सिम्ताली एकता समाज” भन्ने मुल ध्यय प्राप्तीको बाटोबाट अघि बढ्नु पर्ने परिस्थिति हाम्रो सामु भएकाले कला, संस्कृति, संस्कार सहितको सभ्य समाज निर्माण गर्ने लक्ष्य लिएर र यस विषयको सामाजिक प्रभाव र समाज विकासमा टेवा पुर्याउने एउटा दरिलो खम्बा भनेकै नागरिकको कला संस्कृति हो । संस्कृति विनाको इतिहास पनि अपुरो हुने ह‘ुदा यसको संरक्षण र सम्बद्र्धन गर्दै इतिहासंग संगै लैजान जरुरी भएकोले यो कार्यक्रम मार्फत सिम्ताली एकता समाजको नेतृत्वमा पहलकदमीका रुपमा यसलाई अगाडी बढाउदै लैजाने र भाबि दिनहरुमा यस कार्यक्रमको प्रत्यक्ष सकारात्मक प्रभाब बनिराख्ने हुदा हामीले केही हदसम्म यसको खोज अनुसन्धान सहित यसलाई हामीले एउटा फ्रेममा उतारने पयास गर्ने निर्णय गरेका छौं । हामीले पहिलो चरणका कार्यक्रम अन्तरगत पुस्ता हस्तान्तरण जस्ता कार्यक्रमहरु बनाई कला, क्षमता र सीपको विकास गरी यसलाई संस्थागत पूँजिको रुपमा विकास गरी जुन लोप हुन लागेका संस्कृतिहरु र तिनमा प्रयोग भएका बाजा, घाजा, यन्त्रहरु खरिद तथा निर्माण गरी यसलाई संस्थाको सम्पतिको रुपमा विकास गरी लैजाने र आबश्यकता अनसार पुस्ता हस्तान्तर तथा तालिमहरु प्रदान गर्दै लैजाने र ति वाध्य बाधनका सामानहरु बनाउने सिप कलाको संरक्षण हुने गरी व्यावहारिक रुपले त्यस्ता सिप, कला, संस्कृति र क्षमताहरुलाई विकास गरी समाज रुपान्तरणको अभियानमा एउटा कोषे ढुंगा सावित हुने कुरामा हामी विस्वस्त छौं । हामीले यस संस्थालाई अगाडी बढाउन र विकास गर्नको लागि सामाजिक हिसाबले माथि उठाउन यस संस्थाको घर बनाउन जमिन खरिद र सो जग्गामा संस्थाको आफ्नै अफिस तथा सांस्कृतिक संग्रालय निर्माण गरी हाम्रो संस्कृतिलाई संसार भरी चिनाउने सपनाका साथ हामी नेपाल सरकारको मातहतमा रही सरकारको तिनै तहसँग समन्वय गरी र हाम्रो समाजमा भएका कला र संस्कृतिहरुलाई एकताबद्ध गराई (एकै ठाउँमा ल्याई) तत्काल संरक्षण गर्नुपर्ने अबस्थामा रहेकाले कला संस्कृतिलाई प्राथमिकतामा राखी कार्यक्रम निर्माण गरी संरक्षणको कामलाई अगाडी बढाउने योजना छ । त्यसैले सवैको सहयोग, सल्लाह, सुझाबको आशा भरोसाका साथ हामी कार्यक्रमलाई लिपिबद्ध गरी लैजाने क्रममा छौं र यसलाई कार्यन्वयन गर्न अथवा कामलाई अगाडी बढाउन सकिन्छ भन्ने अपेक्षा लिएको छौ ।